समाचार

भक्तपुर सिलिन्डर विष्फोटमा घाइते होटल सञ्चालकको मृत्यु

bead body tag

१३ चैत, काठमाडौं । भक्तपुरको सुर्यबिनायक नगरपालिकाको सृजनानगरस्थित एक होटलमा ग्यास सिलिन्डर पड्केर घाइते भएका एक जनाको मृत्यु भएको छ । भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको सिलिन्डर पड्केर घाइते भएका होटेल सञ्चालक टिकाराम बस्नेतको मृत्यु भएको हो ।

होटलमा खाजा बनाउने क्रममा ग्याँसको सिलिन्डर पड्केर होटल सञ्चालक बस्नेत र ग्राहकहरू समेत ६ जना घाइते भई उपचारार्थ डा.ईवामुरा अस्पताल लगिएको थियो । सामान्य उपचार पश्चात थप उपचारको लागी कीर्तिपुर बर्न सेन्टर अस्पताल लगिएकोमा उपचारकै आज बिहान होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका ६ घर भई हाल सूर्य विनायक नगरपालिका ४ दधिकोट, बस्ने वर्ष ३९ बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त घटनामा घाइते अन्य ५ जना घाइतेको उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस