मुख्य समाचार

सय दिनमा २० करोडलाई खोप लगाउने बाइडेनको घोषणा

joe biden

१३ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो सय दिनमा २० करोड नागरिकलाई खोप लगाउने बताएका छन् । निर्वाचित भएपछि बिहीबार पहिलो पटक औपचारिक पत्रकार सम्मेलन गर्दै बाइडेनले यस्तो घोषणा गरेका हुन् ।

“मलाई थाहा छ हाम्रो पहिलेको लक्ष्यलाई दुई गुणा गर्ने यो योजना महत्वाकांक्षी छ,” उनले भने, “अर्को कुनै देशले यो लक्ष्यलाई पछ्याउन सकेको छैन । तर मलाई विश्वास छ हामी यो लक्ष्य पूरा गर्न सफल हुनेछौं ।” अमेरिकामा हालसम्म कोरोनाको करिब १३ करोड डोज दिइएको बीबीसी हिन्दीले जनाएको छ ।

करिब एक घण्टासम्म चलेको सम्मेलनमा बाइडेनसँग विविध विषयमा प्रश्न सोधेका पत्रकारहरुले सम्भावित स्वास्थ्य संकटको विषयमा कुनै सवाल नगरेको समाचारमा जनाइएको छ । कोरोनाको विषयमा प्रश्न नउठ्नुलाई अमेरिकी पत्रकारलाई आम जनताको विषयमा ज्ञात नभएको भन्दै आलोचना सुरु भएको छ । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *