सेयर मार्केट

ज्योती लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट !

jyoti ipo

१३ चैत, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आइपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार ज्योति लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट गरेको हो ।

फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपीओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए ।आवेदन दिएकामध्ये ४४ हजार ६ सय ४५ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १७ लाख ९७ हजार ८ सय ३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर सेयर बाँडफाँट भएको छ ।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले सेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सीईओ श्रीजेश घिमिरेले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको छ । कम्पनीले १०० अंंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो भने ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

आइपिओका नतिजा आइपिओ निष्काशन गर्ने कम्पनी, बिक्री प्रबन्धक एनएमबि क्यापिटल र मेरो सेयर तथा सीडीएस एन्ड क्लियरिङको आइपिओ हेर्ने वेभसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *