
१३ चैत, काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ पछिका निर्णय फिर्ता नहुने अडान दोहोर्याएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा ओलीले फागुन २८ यताका कुनै पनि निर्णय फिर्ता नहुने बताएका हुन् । उनले पार्टीले गरेका निर्णय वैधानिक भएको दाबी गरे ।
त्यस्तै पार्टीले सोधेको स्पष्टीकरणको जवाफमा माधव नेपाल र भीम रावलले चित्तबुझ्दो जवाफ नदिएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस