मुख्य समाचार

सिद्धबाबालाई झिकाउन उच्च अदालतको आदेश

siddha baba

१३ चैत, विराटनगर । बलात्कार आरोप मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाई पाएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले १५ दिन भित्र झिकाउने आदेश दिएको छ ।

शुक्रबार न्यायाधीस प्रेमराज ढकाल र रेणुका शाहको इजलासले सिद्धबाबालाई झिकाउने आदेश दिएको हो ।

गिरीलाई मंसिर २२ मा जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो । जिल्ला अदालतको फैसला कानुनी हिसाबले विचारणीय देखिएको भन्दै उच्चले ‘झगडिया झिकाउने’ आदेश दिएको हो ।

‘दुई जना श्रीमानको इजलासबाट प्रतिवादीलाई १५ दिन भित्र झिकाउने आदेश भएको छ,’उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले भने, ‘अदालती भाषामा यसलाई झगडिया झिकाउने आदेश भनिन्छ ।’

जिल्ला अदालतले सफाई दिएपछि उच्च सरकारी वकिल कार्यालयले २७ फागुनमा उच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो । सिद्धबाबा हाजिर भएपछि बयान र प्रमाण बुझ्ने प्रकृया हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस