बैँक / वित्त

महालक्ष्मी विकास बैंकले सेयरधनीहरुलाई ९.२६ प्रतिशत लाभांश वितरण गर्ने

mahalaxmi bikas bank

१३ चैत, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शुक्रबार १९औँ वार्षिक साधारणसभा भिडियो कन्फरेन्समार्फत सम्पन्न गरेको छ ।

उक्त साधारणसभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरूलाई संस्थाको ०७७/७८ को मुनाफाबाट ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

साथै बैंकको साधारणसभाले अन्य बैंकहरुसँगको मर्जर तथा प्राप्तिको प्रस्तावलाई समेत खुल्ला राख्दै पुँजीगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले राख्ने  प्रस्तावलाई समेत पारित गरेको छ । हाल बैंकको देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस