मुख्य समाचार

माधव नेपाल र भीम रावलको स्पष्टीकरण कारबाही योग्य छ : अध्यक्ष ओली

oli baithak

१३ चैत, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा–एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य भएको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका ओलीले दुई नेता (नेपाल र रावल)ले पठाएको स्पष्टीकरण नकारात्मक रहेको बताए ।

चैत ७ गते बसेको ओली पक्षका केन्द्रीय सदस्यको बैठकले वरिष्ठ नेता नेपाल तथा नेताहरु रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निणर्य गरेको थियो । नेपाल र रावलले स्पष्टीकरण बुझाइसकेका छन् भने भुसाल र पाण्डेले बुझाउन बाँकी छ ।

शुक्रबारको बैठकमा २ जना नेताबाट स्पष्टीकरण आएको जानकारी दिँदै ओलीले त्यो नकारात्मक र कारबाहीयोग्य भएको भनेका ओली पक्षीय सांसद विशाल भट्टराईले जानकारी दिए । ‘२ जनाको स्पष्टीकरण आएको छ ।

त्यो स्पष्टीकरण नकारात्मक छ, कारबाहीको भागीदार छ । बाँकी २ जनाको सकारात्मक कोणबाट आउने अपेक्षा छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले सञ्चारकर्मीसँग भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस