मुख्य समाचार

बिरामी भेट्न माओवादी अध्यक्ष प्रचण्ड नर्भिकमा

prachanda norvic

१३ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) आज शुक्रवार नर्भिक अस्पताल पुगेका छन् ।

दमको समस्याबाट प्रताडित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी ८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठको नर्भिकमा ४ दिनदेखि उपचार भइरहेको छ । उनैलाई भेट्न प्रचण्ड नर्भिक पुगेका हुन् ।

प्रचण्डले बिरामी र आफन्तलाई पार्टीको काममा बढी व्यस्त हुन परिरहेको उल्लेख गर्दै आइरहन नभ्याउने भन्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । श्रेष्ठको उपचार नर्भिक अस्पतालका चिकित्सक डा. रमेशकुमार चोखानी नेतृत्वको टिमले गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस