
१४ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ६२,२५८ नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । शुक्रबार मन्त्रालयले भारतमा १६० दिनपछि कोरोनाका यति धेरै नयाँ संक्रमित भेटिएका हुन् ।
सरकारी अधिकारीका अनुसार महाराष्ट्र, पंजाब र गुजरातमा संक्रमण सबैभन्दा तीब्र गतिमा बढिरहेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९१ को कोरोनाका कारण मृत्यु भएको छ ।
भारतमा यो महामारीका कारण ज्यान गुमाउनेको कुल संख्या अब एक लाख ६१ हजारभन्दा बढी भएको छ । भारत सरकारले हालसम्म पाँच करोड ८१ लाखभन्दा बढीलाई कोभिड भ्याक्सिनको डोज दिइसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस