मुख्य समाचार

अन्तिम श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर १२–२ बजेसम्म पार्टी कार्यालयमा राखिने

joshi

१४ चैत, काठमाडौं । शुक्रबार निधन भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज (शनिबार) पार्टी कार्यालय सानेपामा राखिने भएको छ ।

दिउँसो १२ बजेदेखि २ बजेसम्म जोशीको पार्थिव शरीर सानेपास्थित पार्टी मुख्यालयमा राखिने कांग्रेसले जनाएको छ ।

नेता जोशीको काठमाडौंको नर्भिक अस्पतालमा शुक्रबार राति ८ बजेर २४ मिनेट जाँदा उपचारका क्रममा निधन भएको हो । फागुन १४ गते मस्तिष्कघात भएपछि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

जोशीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहितका नेताहरुले दुःख व्यक्त गर्दै जोशीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस