लुम्बिनी प्रदेश

शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

gun

१४ चैत, दाङ । दाङमा शिकार खेल्न गएका दूई मध्य एक जनाको गोली लागेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ का ५० बर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा बारेमा अनुसन्धान जारी राखेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । जंगल विकट क्षेत्रमा हुँदा पैदल जानुपर्ने भएकाले घटनाको पूरा अनुसन्धान गर्न ढिला भएको प्रहरीले जनाएको छ ।

यसैबीच, भरुवा बन्दुकको गोली लागेर मृन्यु भएका गुरुङको  शव पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको एसपी चन्दले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस