समाचार

बलात्कारपछि हत्या प्रयास, एक युवक पक्राउ

rape

१४ चैत, बुटवल । रुपन्देहीमा एक युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

चैत्र ७ गते बिहान तिलोत्तमा नगरपालिका वडा ११ को हरियाली वनमा १९ बर्षीया युवतीलाई जवरजस्ती करणी पछि ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोप लागेका सोही स्थानका २३ वर्षीय सुरेश थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रितम सिंह राठौरले जानकारी दिए ।

उनका अनुसार अभियुक्तले बलात्कार पछि डोरीले गला कसेर हत्याको प्रयास गरेका थिए । उनीविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको डिएसपी राठौरले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस