
१४ चैत, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको अहिलेको शिक्षाको अवस्था राम्रो नभएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति डा यादवले यस्तो बताएका हुन् ।
पूर्वी मधेसको शिक्षा खस्कँदो रहेको भन्दै उनले शिक्षाको स्तर उकास्नुपर्नेमा जोड दिए । ‘पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भएपनि पूर्वी मधेसका बारादेखि सप्तरीसम्मको क्षेत्रको शिक्षाको अवस्था खस्कँदो छ,’ डा यादवले भने, ‘राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हो । समाज रुपान्तरणको जग नै शिक्षा हो । शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुन्छ ।’
प्रतिक्रिया दिनुहोस