समाचार

तराई–मधेस द्रुतमार्ग विवादः खोकना छाडेर निजगढतर्फ काम

fast track

१५ चैत, काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना विवाद नभएको क्षेत्र केन्द्रित भएको छ । द्रुतमार्गअन्तर्गत ललितपुरको खोकनातर्फ मुआब्जा विवाद सुल्झाउन गाह्रो परपछि निजगढतर्फ काम अगाडि बढाइएको हो ।

सडक विस्तारलेखोकनाकोसांस्कृतिक सम्पदा र संस्कृति मासिने भन्दै विरोध भइरहेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुतमार्गमा अहिले वाल लगाउने र बक्स कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । केही भागमा निर्माणकोकाम जारी छ ।

खोकनातर्फको विवाद समाधान नहुँदासम्म आयोजना निजगढबाट काठमाडौंतर्फको २२ किलोमिटर क्षेत्रको काममा केन्द्रित हुने भएको छ । निर्माणका काम अघि बढाउन दुई चरणकोकार्ययोजना रहेको आयोजनाका कार्यान्वयन तथा अप्रेसन प्रमुख विश्वबन्धु पहाडीले बताए ।

‘पहिलो चरणमा सुरु बिन्दु खोकना हुँदै काठमाडौं– मकवानपुर–बारा जिल्लासम्मको ७२.५ किमि सडकमा पहाड कटिङ र माटो फिलिङको काम सकिएको छ, केहीमा हुँदै छ,’ उनले भने, ‘वाल, बक्स कल्भर्ट, बेलिब्रिजलगायत संरचना पनि निर्माण गरिएका छन् ।’ पहुँचमार्गसँग जोड्ने गरी बेलिब्रिज निर्माण गरिएको हो ।

सेनाले काम गर्न सक्ने क्षेत्रमा आफ्नै जनशक्ति प्रयोग गररे काम गरको उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *