समाचार

फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्‍भावनाको सन्देश दिन्छ : राष्ट्रपति भण्डारी

Bidya Bhandari

१५ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने बताएकी छन् ।

फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका कामना गर्दै राष्ट्रिपति भण्डारीले होलीले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी हुन् ।

उनले सन्देशमा कोभिड–१९ को महामारी टरिनसकेको अवस्थामा पूर्ण सवधानीका उपायहरू अपनाएर फागुपूर्णिमा पर्व मनाउन समेत अनुरोध गरेकी छन् । उनले होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय अवश्यम्भावी हुने सन्देश प्रवाह गर्ने र लोक संस्कृतिको प्रवर्द्धन गर्न उत्प्रेरण प्रदान गर्ने सन्देशमा उल्लेख गरेकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस