विश्व/प्रवास

इन्डोनेशियाः चर्चबाहिर बिस्फोट, मानव शरीरका टुक्रा भेटिए

indonesia attack

१५ चैत, काठमाडौं । इन्डोनेसियाका मकस्सार शहरमा आइतबार एक क्याथोलिक चर्च बाहिर बम बिस्फोट भएको छ । प्रहरीले यो बिस्फोटमा केहीको मृत्यु भएको जानकारी दिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बिस्फोटका बेला थुप्रै मानिस चर्चभित्र थिए । साउथ सुलावेसी प्रहरीका प्रवक्ता ई. जुलपनले मिडियालाई भने, ‘हामीले यहाँ पीडित र मानिसको शरीरको टुक्रा देखेका छौं जून पूर्ण रुपमा क्षत विक्षत भएका छन् ।’

उनले भने, ‘ क्षत–विक्षत अंग हमलाकर्ताको हो वा त्यहाँ वरिपरिका मानिसहरुको हो भनेर अहिलेसम्म हामीलाई थाहा भएको छैन ।’ दुर्घटनास्थलको एउटा भिडियोमा प्रहरीले चर्चलाई घेरेर राखेको र चर्च नजिकै राखिएको कार क्षतीग्रस्त भएको देख्न सकिन्छ ।

घटनाबारे थप जानकारी प्राप्त हुनै बाँकी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *