
१५ चैत, काठमाडौं । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले काठमाडौंको हाँडीगाउँबाट दुईजनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएका पोते लामा र नमोबुद्ध नगरपालिका घर भएका अनन्त तामाङ छन् ।
उनीहरुको साथबाट एउटा मेडइन युएस लेखिएको ९–एमएम पेस्तोल, पाँच राउण्ड गोली र म्याग्जिन बरामद गरेको सशस्त्र प्रहरी नाउव उपरीक्षक सुरेश गैरेले बताए । पक्राउ परेकालाई कानुनी कारवाहीका लागि मालिगाउँ प्रहरीको जिम्मा लगाइएको उनको भनाइ छ ।
जडिबुटी बस्ने पोते लामा फरार सूचीका आरोपी रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस