१५ चैत, काठमाडौं । क्यानडाको भ्यानकूवर शहरमा एक सार्वजनिक पुस्तकालमा चक्कु प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच अन्य घाइते भएका छन् । प्रहरीले हमलाका संदिग्धलाई हिरासतमा लिएको जानकारी दिएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार हमला दिउँसो भएको हो । प्रहरीले प्रत्यक्षदर्शीलाई अनुसन्धानमा सहयोग गर्न अपिल गरेका छन् । केही मानिसहरुले घटनाको भिडियो बनाएका थिए । यसलाई पछि सोसल मिडियामा पनि पोस्ट गरिएको छ ।
वरिष्ठ प्रहरी अधिकारी फ्रेन्क जंगले एक पत्रकार सम्मेलनमा भने, ‘चक्कु हमलामा ६ पीडित घाइते भएका थिए । एक पीडितको मृत्यु भयो । पीडित एक महिला थिइन् ।’ लाइब्रेरीको अगाडि बसेका पत्रकारलाई फ्रेन्कले भने, ‘हाम्रो मान्यता छ कि संदिग्ध एकजना मात्रै छन् । यसलाई हामीले हिरासतमा लिएका छौं । प्रश्न यो छ कि हमला किन भयो ?’ पीडितसम्बन्धि थप जानकारी साझा गरिएको छैन ।
भिडियोमा देखिए अनुसार एक व्यक्तिलाई हिरासतमा लिइएको छ । उनको हातमा चक्कु छ र उनी आफैं पनि घाइते छन् । उनको स्थितिबारे कुनै जानकारी प्राप्त छैन । प्रहरी अधिकारीका अनुसार संदिग्धको आपराधिक रेकर्ड पनि छ ।