विश्व/प्रवास

भारतमा लगातार दोस्रो दिन कोरोनाका ६२ हजारभन्दा बढी संक्रमित भेटिए

india corona

१५ चैत, काठमाडौं । भारतमा महिनौंपछि लगातार दोस्रो दिन २४ घण्टामा ६२ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । अघिल्लो दिन भारतमा ६२,६३२ नयाँ संक्रमित भेटिए ।

यो पछिल्लो १६४ दिनको सबैभन्दा धेरै हो । यसअघि १५ अक्टोबरमा ६३,४४१ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा २८,७२८ जना निको भएका छन् भने यो वर्ष पहिलो पटक एक दिनमा मृत्यु हुनेको संख्या बढेर ३१२ भएको छ ।

यस्तै कोरोनाका बढ्दो संक्रमणका बीच आज मध्यप्रदेशका १२ शहरमा लकडाउन गरिएको छ । यहाँ शनिबार राती १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म ३२ घण्टाको लकडाउन रहनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *