समाचार

महामन्त्री कोइरालाद्वारा जोशी र कोइरालाको निधनप्रति दुःख व्यक्त

shashank koirala

१५ चैत, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवम् सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष डा.शशांक कोइरालाले फाउन्डेसनका संस्थापकद्वय नवीन्द्रराज जोशी र अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

महामन्त्री कोइरालाले विज्ञप्ति प्रकाशित गरी पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य जोशी र पार्टीका पूर्व जिल्ला सभापति कोइरालाको निधनले मुलुकको प्रजातान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन् ।

विद्यार्थी राजनीतिबाट काठमाडौं महानगरको उपप्रमुख, सांसद हुँदै मन्त्री र पार्टीको केन्द्रीय सदस्य हुनुभएका जोशीलाई एक नैतिकवान नेताका रुपमा भावी पुस्ताले स्मरण गरिरहने विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी पञ्चायतको कठिन युगमा विद्यार्थी राजनीतिबाट विराटनगरको प्रमुख, मोरङको पार्टी सभापति र सांसद बनेका कोइराला एक इमान्दार र क्रान्तिकारी नेता रहनुभएको महामन्त्री कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

महामन्त्री कोइरालाले दुवै नेताप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेता जोशीको यही चैत १३ गते काठमाडौंमा र नेता कोइरालाको चैत ४ गते विराटनगरमा निधन भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस