विश्व/प्रवास

इन्डोनेसियाको इसाई गिर्जाघरमा आत्मघाती बम आक्रमण

bomb attack

१५ चैत, काठमाडौं । पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ । इन्डोनेसिया प्रहरीले दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बताएको छ ।

राजधानी जकार्तामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता आर्गो युओनोले उक्त घटनामा संलग्नहरुको खोजी गर्न प्रहरीले व्यापक अनुसन्धान थालेको जानकारी दिए । उक्त बम आक्रमण सुलावेसी राज्यको मकासारस्थित एक गिर्जाघर बाहिर स्थानीय समय अनुसार आइतबार बिहान १०ः३० बजे भएको थियो ।

मोटरसाइकलमा आएका दुई व्यक्ति गिर्जाघरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए, तर गिर्जाघरका सुरक्षा गार्डले उनीहरुलाई ढोका बाहिरै रोकेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *