मनोरञ्जन ताजा समाचार

मह जोडीलाई महामूर्खको उपाधि

mahamukharji

१५ चैत, जनकपुरधाम । यो वर्ष महामूर्खको उपाधि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई प्रदान गरिएको छ । प्रत्येक वर्षझैँ यसपालि पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मह जोडी महामूर्ख घोषित भएका हुन् ।

प्रदेश नम्बर–२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले महजोडीलाई उपाधि हस्तान्तरण गरे ।

यस्तै, मन्त्री सोनलले पटमूर्खको उपाधि पाएका छन् । मिनापले १५ वटा विद्यामा पटमूर्खको उपाधि दिएको थियो । त्यसअन्तर्गतको मूर्ख शेरोमनीको उपाधि मन्त्री जितेन्द्र सोनलले पाएका हुन् ।

mahamukharji

यस्तै, प्रदेशसभा सदस्य परमेश्वर साहले बज्रकिट, जनकपुरधाम उपमहानगरपालिका–४ का वडाध्यक्ष सुदर्शन सिंहले वैशाखान्नद, जसपाका नेता राजीव झाले वंश कुरहारी, सञ्चारउद्यमी शंकर साहले मुसरीलाल र शीतल साहले ढोरवाको उपाधि पाएका छन् ।

mahamukharji

पर्यावरण अभियन्ता सुरेश शर्माले हाराशेख, सुजित झाले सिलौटान्नद, सञ्चारकर्मी अशोक दत्तले बोतलान्नद, मोडल क्याम्पसका सञ्चालक वीरेन्द्र साहले लोढाशंकर, वीरेन्द्र कर्णले बज्रकिट र मैथली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले पटमूर्खको उपाधि पाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस