समाचार

पोखरामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु !

Death Body

१५ चैत, पोखरा । श्रीमानको कुटाइवाट एक महिलाको मृत्यु भएको छ । मद्यपान गरी पोखरा –२६ बराल डाँडा बस्ने देवबहादुर विकको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती देवी विकको मृत्यु भएको हो ।

शनिवार देवबहादुर​ले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भिर घाइते भएकी श्रीमतीलाई पोखराका विभिन्न अस्पतालमा उपचार गराएर घरमा लगीएको थियो ।

तर, आइतवार बिहान घाइते विक अचेत भएपछि पुनः उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

घटनापछि मृतकका श्रीमान देवबहादुर विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *