विश्व/प्रवास

सडकमाथिबाट आएको चट्टान ट्याङ्करमा लाग्दा भीषण आगलागी, कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का

peru tanker explosion

१५ चैत, काठमाडौं । पेरूमा इन्धन बोकेर सडकमा गुडिरहेका ट्याङ्कर विष्फोट हुँदा सडक छेउछाउमा रहेका कैयौँ व्यक्तिको मृत्यु भएको हुनसक्ने पेरूको प्रहरीले बताएको छ । पेरूको राष्ट्रिय राजमार्ग प्रहरी प्रमुख एर्लिन सिल्भाले घटनाको पुष्टि गरेका छन् । घटनामा कति व्यक्तिको ज्यान गएको हो भन्नेबारे अझै एकीन विवरण सार्वजनिक नभएको उनले बताए ।

स्थानीय समय अनुसार शनिबार एक पेरूभियाली टेलिभिजनसँगको अन्तवार्तामा उनले घटनाको विवरण दिँदै भने, “सडकमा इन्धन बोकेर गुडिरहेको एक ट्याङ्करमा सडकमाथिबाट आएको एउटा चट्टानले सँगै रहेका छमध्ये पहिलो ट्याङ्करमाथि लागेपछि ट्याङ्करबाट इन्धन चुहेको र उक्त ट्याङ्करमा आगलागिपछि विष्फोट भएको र क्रमशः अन्य ट्याङ्करमा पनि आगलागी र विष्फोट भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । घटनाबारे अनुसन्धान सुरू भइसकेको छ ।”

घटनास्थल राजधानी लिमाबाट ८६ किलोमिटर टाढाको राजमार्गमा भएको हो । आगलागी नियन्त्रण र वस्तीमा फैलिन नदिनका लागि १० दमकल घटनास्थलमा पुगी निरन्तर काम गरिरहेका बताइएको छ । विष्फोटका कारण राजमार्गमा गुडिरहेका कार तथा अन्य गाडीहरूमा पनि असर परेको बताइएको छ तर कति व्यक्तिको मृत्यु भएको वा घाइते भएको भन्ने विवरण अझै आइसकेको छैन ।

पेरूको यातायात तथा सूचना मन्त्रालयले आफ्नो ट्वीटरमार्फत् उक्त क्षेत्रमा गाडी तथा मानवीय आवतजावतलाई तत्कालका लागि रोकिएको र सवारी चालकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *