
१५ चैत, काठमाडौं । भारतले नेपाली सेनालाई १ लाख डोज कोरोनाविरुद्धको खोप दिएको छ । भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई उपहारस्वरुप सो परिमाणको भ्याक्सिन भारतले आइतबार उपलब्ध गराएको हो ।
दूतावासका अनुसार आजै सो परिमाणको भ्याक्सिन नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप सहयोग गरिएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले उक्त खोप सेनाका लागि प्रयोग गरिने बताए ।
भारतले यसअघि १० लाख डोप खोप नेपाललाई अनुदान दिएको थियो ।
प्रतिक्रिया दिनुहोस