समाचार

बैंकलाई छाडेर अरूलाई ब्रोकर लाइसेन्स दिइँदै

dhitopatra board

१६ चैत, काठमाडौं । धितोपत्र बोर्डले बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स नदिएर अरूलाई नै अनुमति दिने तयारी गरिरहेको छ । यसका लागि धितोपत्र बोर्डले तीव्र रूपमा छलफल अघि बढाएको छ ।

बोर्डको यो तयारी संघीय संसद्को अर्थ समितिको निर्देशनविपरीत हो । अर्थ समितिले यसअघि सञ्चालनमा रहेका ब्रोकर कम्पनीको संस्थागत सुशासनसँगै क्षमता अभिवृद्धि गरी बैंकको सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिन भनेको थियो ।

तर निर्देशनविपरीत धितोपत्र बोर्डले बैंकको सहायक कम्पनीलाई लाइसेन्स नदिएर अरू (व्यक्तिगत) लाई नै लाइसेन्स दिने तयारी गरेको स्रोतको दाबी छ । यसका लागि बोर्डले छलफल तीव्र बनाएको छ ।

अहिले केन्द्रमा पाँच वटा र हरेक प्रदेशमा ३ देखि ५ वटा ब्रोकर थप्ने गरी प्रस्तावउपर सञ्चालक समितिमा छलफल भइरहेको बताइएको छ । यसअघिको तयारी बैंकको सहायक कम्पनीलाई लाइसेन्स दिने थियो । सोहीअनुरूप नेपाल स्टक एक्सचेन्ज (नेप्से )ले बैंकहरूको आवेदन पनि संकलन गरेको थियो । पछि विभिन्न वहाना बनाएर त्यसलाई स्थगन गरियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस