मुख्य समाचार

बाक्लो तुवाँलोका कारण देखिन थाले यस्ता समस्या ?

air pollution kathkndu

१६ चैत, काठमाडौं । केही दिनयता राजधानी ढाकेको तुवाँलोले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन सुझाव दिएका छन् । बाक्लो तुवाँलोका कारण आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएको भन्दै चिकित्सकले सतर्कता अपनाउन अपनाउन सुझाव दिएका हुन् ।

चिकित्सकका अनुसार यस्तो तुवाँलोले दम, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) का साथै फोक्सोसम्बन्धी समस्या देखिन सक्छ । ‘हालको तुवाँलोले फोक्सोको समस्या भएका र दमको बिरामीलाई बढी असर गरको छ,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले भने, ‘दीर्घरोग भएका व्यक्तिलाई यस्तो असर बढी देखिएको छ ।’

नले धँमपान गर्ने, दीर्घकालीन जटिल रोग भएकालाई तुवाँलोले समस्यामा पारको बताए । तुवाँलोकोमाध्यमले वातावरणमा पुगेको २.५ माइक्रोनभन्दा ठँलो वा सानो सँक्ष्म कण (पार्टिक्युलर मैटर) श्वासप्रश्वासको माध्यमले फोक्सोमा पुग्छ । त्यसपछि रगतको माध्यमले सबै अंगमा गएर असर गर्ने डा. चोखानीको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लँएचओ) को अनुसार १० माइक्रोन वा योभन्दा कम व्यास भएको कण फोक्सोभित्र गहिराइमा प्रवेश गर्न सक्छ । धेर बढी स् ै वास्थ्यलाई हानि पु¥याउने कण २.५ माइक्रोन वा योभन्दा पनि कम व्यासको हुन्छ । यो कण यति सानो हुन्छ कि यस्ता ६० वटा कण मनुष्यको कपालको चौडाइ बराबर हुन्छ ।

पीएम २.५ फोक्सोभित्रको अवरोधकलाई छेडेर रगत प्रणालीमा प्रवेश गर्न सक्छ । यसले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगसँगै दीर्घकालमा फोक्सोको क्यान्सरको जोखिमलाई समेत बढाउन सक्छ । हावामा भएका अति सँक्ष्म प्रदँषक हाम्रो श्वासप्रश्वास र रक्त सञ्चार प्रणालीमा प्रवेश गररे मुटु, मस्तिष्क र विशेष गरी फोक्सोलाई नोक्सान पु¥याउने राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *