
१६ चैत, काठमाडौं । कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएका थुुनुवा बलम्बुस्थित सशस्त्र प्रहरी बलको एपिएफ अस्पतालबाट भागेका छन् ।
लागुऔषध मुद्दामा महानगरीय प्रहरी वृत्त थानकोटको नियन्त्रणमा रहेका भारतीय नागरिक उपेन्द्र कुशवाह भागेका हुन् । शौचालय जाने बहानामा भेन्टिलेटर तोडेर उनी भागेका हुन् ।
उनको खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस