विश्व/प्रवास

पछिल्लो २४ घण्टामा संसारकै सर्वाधिक कोरोना संक्रमित भारतमा भेटिए

nepal india border

१६ चैत, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहर तीब्र हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा संसारमा सर्वाधिक संक्रमित भारतमा भेटिएको छ । यहाँ आइतबार ६८,२०७ संक्रमितको पहिचान भएको छ ।

यहाँ आँकडा पछिल्लो १६९ दिनको सबैभन्दा बढी हो । यसअघि अघिल्लो वर्ष १० अक्टोबरमा ७४,४१८ संक्रमित भेटिएका थिए । यस्तै यो अवधिमा ३२,१४९ संक्रमित निको भएका छन् र २९५ को मृत्यु भएको छ ।

यता सक्रिय संक्रमितको आँकडा पनि लगातार बढ्दै गइरहेको छ । भारतमा १३८ दिनपछि सक्रिय संक्रमितको आँकडा पाँच लाख पार भएको छ । हाल यहाँ ५ लाख १८ हजार ७६७ संक्रमितको उपचार चलिरहेको छ । यसअघि अघिल्लो वर्ष ९ नोभेम्बरमा देशमा ५ लाख ४ हजार ८७३ सक्रिय संक्रमित थिए ।

भारतमा हालसम्म १.२० करोड मानिस यो महामारीको चपेटमा आएका छन् । यीमध्ये करिब १.१३ करोड निको भइसकेका छन् । १.६१ लाख बिरामीले ज्यान गुमाएका छन् । हाल ५.१८ लाख बिरामीको उपचार चलिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *