खेलकुद समाचार

त्रिदेशीय फुटबलको फाइनल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

KP Oli

१६ चैत, काठमाडौं । त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन् ।

फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन् । फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री ओली साँझ ५ः३० बजे रंगशाला जाने कार्यक्रम रहेको उनले बताए । त्रिदेशीय फुटबल अन्तर्गत आज (सोमबार) नेपाल र बंगलादेशबीच फाइनल खेल हुनेछ । खेल नेपाली समय अनुसार साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस