१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति दुख व्यक्त गरेका छन् ।
संविधानसभा सदस्य भण्डारीको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो ।
भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह निर्वाह गरेको भूमिकाको स्मरण गर्दै सभापति देउवाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
साथै, उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस