मनोरञ्जन ताजा समाचार

निर्देशक दीपेन्द्र लामा बने ‘चलचित्र समीक्षक समाज’का अध्यक्ष

dipendra lama

१६ चैत, काठमाडौं । निर्देशक दीपेन्द्र लामा ‘चलचित्र समीक्षक समाज नेपाल’ (फिक्सन) को अध्यक्षमा चुनिएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल पत्रकार महासंघमा आवद्ध एसोसिएट संस्था ‘फिक्सन’को उपाध्यक्षमा सामीप्यराज तिमल्सिना र स्मृति ढुंगाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ तथा कोषाध्यक्षमा प्रभाकर गौतमलाई निर्वाचित गरेको छ ।

केन्द्रीय सदस्यमा लेनिन बञ्जाडे, नरेश फुयाल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन भएका छन् । महासंघका कोषाध्यक्ष राजेश मिश्र तथा निवर्तमान अध्यक्ष यज्ञसले नयाँ कार्यसमितिको सफलताको कामना गरे ।

चलचित्र समीक्षा गर्ने संस्कृतिलाई थप स्थापित र फराकिलो बनाउन विभिन्न कार्यक्रम अबका दिनमा  ‘फिक्सन’ले गर्ने नवनिर्वाचित अध्यक्ष लामाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस