कर्पोरेट

सनराइज बैङ्कका ग्राहकलाई ५ सय अमेरिकी डलरको कार्ड

sunrise dollar card

१६ चैत, काठमाडौं । सनराइज बैङ्कले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा ई–कार्ड संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैङ्कले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैङ्कले सनराइज ई–कार्ड संचालनमा ल्याएको हो ।

सो सुबिधा अन्तर्गत बैङ्कमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ । सो ई–कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न सकिने छ ।

आफ्नो कार्ड मार्फत ग्राहकले एकै पटक वा पटकपटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सकिने बैङ्कले जनाएको छ । सो ई–कार्ड प्रयोग गरि अनलाइनबाट प्रवाह हुने सुविधाहरु जस्तै युट्युब, फेसबुक, नेटफ्लिक्स रिचार्ज लगायत सामाजिक सञ्जालमार्फत ग्राहकले आफ्नो व्यवसाय प्रवर्धन गर्न पनि सक्ने बैङ्कले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस