बैँक / वित्त

रोल्पाको दरबोट बजारमा ग्लोबल आइएमई बैङ्कको शाखारहित बैंकिङ्ग सेवा

global ime bank

१६ चैत, काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैङ्कको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २५७ पुगेको छ । यस शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन त्यहाँ आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण के.सी.ले गरे ।

शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम, एनटीसी, यूटीएल र सिडीएमएको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *