मुख्य समाचार

बढे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा १४१ संक्रमित थपिए

kathmandu valley

१६ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर संख्यामा संक्रमित थपिएका छन् । आइतवार ८९ जनामा संक्रमण पुष्टि भएकामा सोमवार बढेर १४१ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार १२२ जनाको परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो भने निको हुनेको संख्या ८२ जना रहेको छ ।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९८० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार ६१२ जना पुगेको छ । यस्तै हालसम्म ३ हजार २७ जनाको मृत्यु हुँदा अहिले पनि १३४१ जना आइसोलेशनमा रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *