विश्व/प्रवास

कोभिड-१९ विरूद्ध खोपको ‘बुस्टर डोज’को अध्ययनमा चीन

sino vaccine china

१६ चैत, काठमाडौं । चीनमा कोभिड–१९ विरूद्ध खोप लगाउने कार्यलाई तदारुकताका साथ अघि बढाइरहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् । खोप सुरक्षित रूपमा सञ्चालनमा रहेको चिनियाँ चलिरहेको र हालसम्म चीनमा लगाइएको खोपको सङ्ख्या १० करोड मात्रा पुगिसकेको छ । चिनियाँ खोपको सुरक्षा प्रभाव छ महिनाभन्दा बढीसम्म भएको चिनियाँ रोग नियन्त्रण तथा निवारण केन्द्रका प्रथम विशेषज्ञ वाङ ह्वाछिङले जानकारी गराएका छन् ।

विशेषज्ञ वाङले भने, ‘हालसम्म एन्टीबडीको स्तरबाट हेर्दा चिनियाँ खोपको प्रभाव लगभग छ महिनाभन्दा बढी रहने देखिएको छ । तर एन्टिबडी हाम्रो स्वास्थ्यको संरक्षण गर्ने एउटै मात्र सूचकाङ्क होइन, खोपले भूमिका निर्वाह गर्ने क्रममा अन्य कारक तत्वहरूले पनि भूमिका निर्वाह गर्दछन् । यसै कारणले खोपको अध्ययनमा निरन्तरता दिँदै यसको संरक्षण समय निश्चित गर्नुपर्छ ।’

कोभिड विरूद्ध खोपको ‘बुस्टर डोज’ डिजाइन गरिसकेको र परीक्षण भइरहेको जानकारी चिनियाँ सिनोफार्म कम्पनीका उप महाप्रबन्धक चाङ युनथाउले दिए । यस बुस्टर डोज कहिले लिने भन्ने कुरा तेस्रो चरणको परीक्षणको नतिजा पाएपछि मात्रै भन्नसकिने कुरा पनि चाङले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *