मुख्य समाचार

उपत्यकाका विद्यालय चार दिन बन्द !

school Educakation

१६ चैत, काठमाडौं । वायु प्रदूषणको मात्रा बढेसँगै काठमाडौं उपत्यकाका विद्यालयहरु चार दिन बन्द हुने भएका छन् । वायु प्रदूषणका कारण विद्यालयहरु भोलिदेखि चार दिन बन्द गर्न लागिएको शिक्षा मन्त्रालयले स्रोतले जनाएको छ ।

प्रदूषणका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुुने भएकोले उनीहरुलाई सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे सावधानी अपनाउन वन तथा वातावरण विभागले चैत १३ गते अपिल गरेको थियो ।

यस्तै, विभागले फोहोर बाल्दा प्रदूषण बढ्ने भएकाले आगो नबाल्न अपिल गरेको थियो । त्यसलाई नै मध्यनजर गर्दै भोलिदेखि गाडीहरु जोर–बिजोर प्रणालीमा चलाउने तयारी गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस