मुख्य समाचार

आइसोलेसन व्यवस्थापनका लागि सबै प्रदेशलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

Health Ministry

१६ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरूलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिएको छ । भारतीय सीमा क्षेत्रमा कोरोना पोजिटिभ भएकाहरु सार्वजनिक बसमा नै यात्रा गरिरहेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरुलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिएको हो ।

सबै प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वस्थ्य कार्यालयहरुको समन्वयमा कोरोनाको लक्षण वा चिन्ह भएकालाई अस्पतालमा र लक्षण नभएकालाई आइसोलेसनको व्यवस्था गरी १० दिन अनिवार्य रुपमा राख्न सोमबार सूचना जारी गरेको छ । मन्त्रालयले आइसोलेसन सेन्टरमा राखेबापतको प्रतिदिन प्रतिबिरामी दुई हजार सोधभर्ना उपलब्ध गराउने बताएको छ ।

health notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस