
१६ चैत, काठमाडौं । त्रिदेशीय फुटबलको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइलन खेलमा बंगलादेशलाई हराउँदै नेपालले उपाधि जितेको हो । दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
नेपालले दुबै गोल पहिलो हाफमा गरेको थियो । नेपालले सन्जोक राईको गोलबाट अग्रता बनाएको थियो । खेलको १८ औं मिनेटमा नेपाका सन्जोक राईले पहिलो गोल गरेका थिए ।
यसअघि खेलको १३ औं मिनेटमा नेपालका त्रिदेव गरुङले डिबक्स भित्रको बल पोष्टमा हाने पनि आउट गएको थियो । खेलको ४१ औं मिनेटमा नेपालका लागि विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।
प्रतिक्रिया दिनुहोस