
१६ चैत, काठमाडौं । गायक सुगम पोखरेल र गायिका सोना अमात्यको स्वर रहेको गीत ‘मेरो माया करोडमा’ सार्वजनिक भएको छ ।
गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गीतको भिडियोमा सागर लम्साल, गोविन्द सिंह बिस्ट र गायिका अमात्यको अभिनय देख्न सकिन्छ । प्रेम कथा बुनिएको भिडियो आकर्षक बनेको छ ।
गम्भीर बिस्टको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन, सुभम भुजेलले नृत्य निर्देशन रहेको भिडियो नविन निरौलाले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस