समाचार

गर्मीका कपडाको मूल्य बढ्यो

bazzar

१७ चैत, काठमाडौं । गर्मी मौसमका लागि आवश्यक कपडाको माग सँगसँगै मूल्य पनि बढेको छ । गर्मी बढ्दै गएपछि बजारमा यस्ता कपडाको माग बढ्दै गएको र ढुवानीको भाडादरसमेत बढेका कारण तयारी कपडाको मूल्य बढेको हो ।

कोरोनाको त्रास बढिरहेको भए पनि यति बेला काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, सुन्धारालगायतका स्थानमा गर्मीका लागि लुगा किन्न आउने ग्राहकको भीड बढिरहेको पाइएको छ । असनमा तयारी कपडाको होलसेल व्यापार गर्दै आएका राकेस सापकोटाले गर्मी बढेसँगै काठमाडौं बाहिरका शहरबाट समेत व्यापारीहरू कपडा किन्न काठमाडौं आउने क्रम बढेको बताए ।

गतवर्ष गर्मी मौसम शुरू हुने बेलामा नै नेपालमा कोरोनाको संक्रमण रोक्न बन्दाबन्दी भएपछि तयारी कपडाको व्यापार ठप्प हुन पुगेको थियो । तर, यस वर्ष भने कपडाको व्यापार राम्रो हुने आशा रहेको सापकोटाले बताए । उनका अनुसार वैशाख महीनामा गर्मी मौसमका कपडाको व्यापार सबै भन्दा बढी हुने भए पनि अहिलेदेखि नै कपडा किन्न ग्राहकको भीड लाग्न थालिसकेको छ ।

माग बढ्दै गएपछि यति बेला तयारी पोशाक व्यापारीहरूले चीन, भारत, थाइल्यान्ड, इन्डोनेशियालगायतका देशबाट कपडाको आयात बढाएका छन् । कोरोना महामारीका कारण आयातकर्ता व्यापारीहरू कपडा आयातका लागि आफै विदेश जान सक्ने अवस्था नभएपछि उनीहरूले अनलाइनमा कपडाको डिजाइन हेरेर एजेन्ट मार्फत कपडा किनिरहेका छन् ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *