समाचार

सात केजी गाँजासहित एक युवक पक्राउ

arrest

१७ चैत, उदयपुर । जिल्लाको बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेका छन् ।

सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोकसिलाको गस्ती प्रहरी टोलीले राईलाई गाँजासहित पक्राउ गरेपछि इप्रका बेलकामा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *