समाचार

रहेनन् मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल

nawal

१७ चैत, कैलाली । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ ।  उच्च रक्तचाप लगायतका रोगले ग्रसित उनको काठमाडौं स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उनका स्वकीय सचिव नरेन्द्र थापाले जानकारी दिए ।

मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस हुनु भएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो । यसपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनले लामो सयमदेखि रक्तचापको औषधि खाइरहेका थिए । उनी नेकपा (एमाले) को तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका तीन छोरा र श्रीमती रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *