
१७ चैत, काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २–६ गतेसम्म १० औं राष्ट्रिय महाधिवेशन गर्न आयोजक कमिटीका पदाधिकारी र सदस्यको नाम सार्वजनिक गरेको छ । परिवर्तित परिस्थिति अनुरुप पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्दै गत चैत ७ गते एमाले केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।
जसअनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवको जिम्मेवारीमा रहेका छन् । तर सो निर्णयको माधव नेपाल पक्षले भने विरोध गर्दै आएको छ । २६४ सदस्यीय १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यको नामावली देहाय बमोजिम रहेको छ ।
यस्तो छ नामावली –
प्रतिक्रिया दिनुहोस