मुख्य समाचार

कार्यकर्ताहरुलाई ओलीको निर्देशन, ‘जुनसुकै बेलापनि निर्वाचनका लागि तयार रहनुहाेस्’

kp sharma oli

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेलापनि निर्वाचनमा जानुपर्ने भएकाले तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । अन्तरपार्टी निर्देशन जारी गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले जुनसुकै बेला पनि निवाृचन जानुपर्ने अवस्था आउने भएकाले तयार रहन निर्देशन दिएका हुन् ।

अन्तरपार्टी निर्देशनमा ओलीले भनेका छन्, ‘संसदको पहिलो बैठकको परिदृश्य र त्यस यताका घटनाक्रमले ताजा जनादेशको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै लगेको छ ।’ अदालतको आदेशलाई कार्यान्वयन गर्दै विद्यमान राजनीतिक शक्ति सन्तुलनभित्रै राजनीतिक स्थायित्व र स्थिरताका लागि आफूहरुको प्रयास केन्द्रित हुने तर सबै विषय आफ्नो इच्छा वा निर्णयमा मात्र निर्भर नहुने पनि ओलीले प्रस्ट पारेका छन् ।

‘सरकारमा रहँदा जनता र देशको हितमा अधिकतम परिणाम दिने गरी काम गर्ने, प्रतिरक्षामा रहनु परे तदनुरुप कै प्रभावकारी भूमिका खेल्ने र जुनसुकै पनि बेला निर्वाचनमा जान तयार रहने गरी हाम्रो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्छ,’ निर्देशनमा भनिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस