समाचार

होली खेल्ने क्रममा कुटपिट हुँदा एक वृद्धाको मृत्यु, ६ जना घाइते

Death Body

१७ चैत, बारा । होली खेल्ने क्रममा झगडा हुँदा सोमबार साँझ बारामा एक वृद्धाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-२३ भथौडामा होली खेल्ने क्रममा झगडा तथा कुटपिट हुँदा सोही ठाउँकी ६५ वर्षीया सञ्जादेवीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घटनामा अन्य ६ जना घाइते भएका छन् । ती वृद्धाको उपचारको क्रममा भवानी अस्पताल वीरगञ्जमा मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । घाइते ६ जनालाई उपचारको लागि एनएमसी वीरगञ्ज पठाइएको र अवस्था सामान्य रहेको मिश्रले बताए ।

झै-झगडा तथा कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २३ वर्षीय ओम प्रकाश गुप्ता समेत ४ जना र प्रहरी माथि हातपात गर्ने १ जना गरी ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *