मुख्य समाचार

वसन्तपुर क्षेत्रका अनधिकृत पसल हटाउन माइकिङ

ktm mahanagar miking

१७ चैत, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर हनुमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजनका संरचना हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौं महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजनका संरचना हटाई सहयोग गर्न आग्रह गरेको छ ।

विभागलाई पटक–पटक मौखिक र लिखित रुपमा उक्त स्थान खाली गराउन आग्रह गर्दा पनि ढिलासुस्ती गरेका कारण बाध्य भएर माइकिङ गरिएको काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकाेटाले बताए । उनले सम्पदा बचाउने सबैभन्दा जिम्मेवार निकाय पुरातत्त्व भए पनि यस क्षेत्रको व्यापार हटाउँन गैरजिम्मेवार भएको बताए । ‘‘सम्पदाको अस्तित्व नष्ट हुन थालेपछि हामीले मेयरको निर्देशनमै हटाउने प्रक्रिया अघि बढाएका छौँ । महानगरले हटाउन माग गर्दै पुरातत्त्वलाई दोस्रो पटक ताकेता पत्र पठाइसक्दा पनि बेवास्ता गरेको छ,” सापकोटाले भने ।

काठमाडौं महानगरपालिकाकाले यही माघ १४ गते अनधिकृत रुपमा भइरहेका व्यापार प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्त्वलाई पत्र पठाएको थियो । त्यसपछि अनधिकृत व्यापार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक महत्त्वलाई कामय राख्न ताकेता गर्दै पुनः चैत ५ गते प्रथम ताकेता पत्र पठाई पुरातत्त्वलाई स्मरण गराएको थियो ।

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले काठमाडौं महानगरपालिकाले पठाएको पत्र प्राप्त भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पर्यटन मन्त्रालयलाई जानकारी गराएको बताए । ‘‘त्यो क्षेत्र हनुमानढोका दरबार संग्राहलय विकास समितिले हेरिरहेको छ । पर्यटन सचिव त्यसको प्रमुख हुने भएकाले हामीले उनीहरुसँग समन्वय गरेर आज–भोलि नै बैठक बसी तत्काल समाधानको प्रयास गर्ने तयारी गरेका छौँ,” गौतमले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *