प्रदेश २

ड्युटीमा खटिएका प्रहरीमाथि बोतल प्रहार, एकजना पक्राउ

arrest

१७ चैत, धनुषा । धनुषामा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि बोतल प्रहार भएको छ । बोतल प्रहार गरेको आरोपमा लक्ष्मीनियाँ गाउँपालिका–६, निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका-६ सखुवा चोकमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक सहित खटिएको प्रहरीले ज.१२ प ५०१४ नम्बरको मोटरसाइकललाई हेलमेट नलगाएको कारण रोक्न खोज्दा नरोकी अगाडि बढ्ने क्रममा ट्राफिक प्रहरी जवानलाई सामान्य ठक्कर दिई जनकपुरतर्फ फरार भएपछि प्रहरीले पछ्याउँदै सोही नगरपालिका हरैया चोकमा उक्त मोटरसाइकल फेला पारी नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकललाई ल्याउनेक्रममा मोटरसाइकलमा सवार शर्माले प्रहरीमाथि खाली बियरको बोतलले प्रहार गर्दा दुईजना प्रहरी घाइते भएका जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *