समाचार

वामपन्थी नेता मानन्धरको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

bishnu bahadur

१७ चैत, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले वामपन्थी अग्रज नेता विष्णु बहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको उपचारका क्रममा यही चैत १६ गते ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् । स्व.मानन्धर रौतहट, बारा र पर्सा जिल्लामा किसान नेताका रुपमा परिचित रहेका थिए । सरल र शान्त स्वभावका धनी मानन्धर आदर्श व्यक्तित्वका रुपमा स्थापित रहेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस