सेयर मार्केट

सेयर बजारमा ३२ अंकको वृद्धि, ६ अर्बको कारोबार

stock market

१७ चैत, काठमाडौं । मंगलबार सेयर बजारमा ३२.१५ अंकले वृद्धि भएको छ । १.२६ प्रतिशतले बढेको बजारमा ६ अर्ब १८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आज ट्रेडिङ र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहमा बढोत्तरी छ । आज वमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी बढेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर १ हजार १ सय ३४ रुपैयाँ पुगेको हो ।

दोस्रो  बढी सेयर मूल्य बढ्नेमा सानिमा जनरल इन्सुरेन्स रहेको छ । यसको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर  प्रतिसेयर ७ सय ६ रुपैयाँ कायम भएको छ । सबैभन्दा बढी कारोबार भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *